Nepali Profile

रोट्रयाक्ट क्लवद्धारा गुल्मीका सयौं विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

गुल्मी । रोट्रयाक्ट क्लव आफ तिलोत्तमा रुपन्देहीद्धारा गुल्मीका विभिन्न ६ वटा विद्यालयका सयौं शिक्षा बाट बञ्चीत तथा गरिब जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेको छ । जिल्लाको रुरु गाउँपालिका ४, चौताराको वम्घा आधारभुत विद्यालय, बलेटक्सारको सिंदुरे प्रथामिक विद्यालय, रुरु–४ को रिमुवास्थित पद्यमा प्राथामिक विद्यालय, रानीवासको जनवोध माध्यामिक विद्यालय र रुरु–५ वम्घाको हरिस्मृति प्राथामिक विद्यालयका विद्यार्थीहरुलाई एकै थलोमा जम्मा गरि क्लवलले शैक्षिक सामग्री वितरण गरेको हो । साथै सम्पुर्ण विद्यालयका प्रथम हुने विद्यार्थीहरुलाई विशेष सम्मान सहित पुरस्कार वितरण गरेको क्लवका निवर्तमान अध्यक्ष रो. विक्रम क्षेत्रीले जानकारी गराउनु भयाे ।

रेशम खड्काकाे अध्यक्षतामा क्लवका निवर्तमान अध्यक्ष रो. विक्रम क्षेत्री, सचिव राे राहुल टण्डन, इन्टरनेश्‍नल सर्भिस डाइरेक्टर सरोज पोखरेल र युथ सर्भिस डाइरेक्टर सन्तोष कँडेल , र लगायतको टोली बुटवलबाट गुल्मी पुगेर शैक्षिक सामाग्री र खेलकुद सामग्री हस्तान्तरण गरेका थिए ।

सहयोगदाता संस्थाप्रति जिल्ला समन्व्य समितिका सदस्य हरिप्रसाद ज्ञवाली, रुरु गाउँपालिकाका सामाजिक विकास संयोजक शेषनारायण पौड्याल, वडा नमवर ४ का वडाध्यक्ष फर्शराम ज्ञवाली लगायका समाज सेवीहरुले धन्यवाद दिएका थिए ।

Facebook Comments
संपर्क
संचालक: बिक्रम छेत्री

संचालक: बिशाल अर्याल
सम्पर्क:
[email protected]

सूचना विभाग दर्ता नंः १०७०/०७५-७६

विज्ञापनका लागि: [email protected]

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: