नेपाली प्रोफईंल
१६ असार २०७७, मङ्गलवार

रोटरी क्लव अफ लुम्बिनी स्टार्सको क्लब एसेम्बली सम्पन्न

बुटवल । रोटरी क्लव अफ लुम्बिनी स्टार्सको क्लब एसेम्बली सम्पन्न भएको छ । क्लवका अध्यक्ष यादव भण्डारीको अध्यक्षता र रोटरी डिष्ट्रिक ३२९२ का निर्वाचित गभर्नर राजिब पाख्रेलको उपस्थितीमा भएको कार्यक्रममा आगामी वर्षका रणनीति तथा कार्यक्रम कार्यक्रम तय गरिएको क्लवका निर्वाचित अध्यक्ष बालकृष्ण पाण्डेले बताए । हालका अध्यक्ष यादव भण्डारीले क्लब स्थापनाको उद्देश्य, क्लबले तय गरेका, सम्पन्न गरेका र बाँकी योजनाहरुको सन्दर्भमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आगामी वर्ष २०२०/२१ को लागि नयाँ कार्यसमितिले तय गरेका योजनालाई छलफलसहित पारित गरिएको छ । निर्वाचित अध्यक्ष पाण्डेले आफ्नो वर्ष सफल बनाउन कार्यसमितिलाई पूर्णता दिनुका साथै गरिने कार्यक्रमका बारेमा जानकारी गराए । रोटरी डिष्ट्रिक ३२९२ का निर्वाचित डिष्ट्रिक गभर्नर राजिब पाख्रेलले क्लवले गरेका कार्यक्रमहरु माथि प्रशंसा व्यक्त गर्दै रोटरीको पब्लिक इमेजलाई जोड दिए । रोटरी जोन २० का एजी राजकुमार गुप्ताले क्लबले प्रस्तुत गरेको योजनामा आफ्ना सुझाबहरु प्रस्तुत गर्दै क्लबका कार्यक्रमहरु सम्पन्न गर्न पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले यस वर्ष रोटरी क्लब अफ लुम्बिनी स्टार्ससँग हातेमालो भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा क्लव डाइरेक्टहरुले आगामी वर्षको योजना र क्लबका कोषाध्यक्ष धु्रब कोइरालाले बजेट प्रस्तुत गरेका थिए । क्लबका सचिव मुक्तिराम पन्थीको सञ्चालन, वर्ष २०२०/२१ का सचिव विक्रम क्षेत्रीको स्वागत तथा उपाध्यक्ष सुमन बस्यालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम अनलाइन जुम भिडियोबाट सम्पन्न गरिएको हो ।

प्रतिकृया दिनुहोस्