नेपाली प्रोफईंल
१२ असोज २०७७, सोमवार

रोटरी लुम्बिनी स्टार्सद्वारा वृक्षाराेपण सम्पन्न

बुटवल,

रोटरी क्लव अफ लुम्बिनी स्टार्स र राेट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सकाे सयुक्त अायाेजनामा बुटवल स्थित निलकण्ठ बाबा धाममा शुत्रबार वृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ । प्रमुख अतिथी निलकण्ठ बाबा धामका उपाध्यक्ष चुरामणि पाैडेलले अन्तराष्ट्रिय क्लवले धार्मिक स्थलमा पनि सामाजिक कार्यकाे लागि फलफुलकाे बिरुवा राेप्ने कार्यप्रति अाफुहरू साह्रै हर्षित भएकाे बताए । अध्यक्ष बालकृष्ण पाण्डेले क्लवले हरेक क्षेत्रमा सामाजिक काम गर्ने र याे कार्यक्रम यस बर्षकाे पहिलाे कार्यक्रम भएकाले सम्पुर्ण सहभागीहरूलाई धन्यवाद व्यक्त गरे । उहाँले धामका बटुकहरूलाई खादा लगाएर सम्मान गर्दै अगामी दिनमा पनि धाममा निरन्तर कार्यक्रम गर्ने प्रतिवद्वता समेत व्यक्त गरे ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष यादव भण्डारी, निलकण्ठ बाबा धामका सचिव मीन प्रसाद पाैडेल तथा धामका मुख्य पण्डित चेतनारायण भट्टराई, राेट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लवले धाम वरिपरि अाँप, लिची, अनार, एभाेगाडाे, अम्बा, कागती, लगाएका बिरुवा लगाएकाे हाे । धाममा भम्रण गर्न अाउने भक्तजनले प्रसाद रूपमा उपभाेग गरून् भन्ने हेतुले फलफुलका विरूवाहरू राेपिएकाे हाे । निकट भविष्यमा धाममा राेटरी राेट्रयाक्ट पार्क निर्माण गरिने जनाएको छ ।

कार्यक्रम क्लवका अध्यक्ष बालकृष्ण पाण्डेकाे अध्यक्षता, रचना पाैडेलका स्वागत तथा बिक्रम क्षेत्रीकाे सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्